संसदीय सुनुवाइ समितिमा राज्य व्यवस्थाका रामहरिको सरुवा, सभापति थमाईने 

शुक्रबार, भदौ १३, २०८२

प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ। 

यस्तै प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् । 

यस्तै सभामुख देवराज घिमिरेले  संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ। राज्य व्यवस्थाका निवर्तमान सभापति रामहरि खतिवडालाई सुनुवाईमा सरुवा गरेर त्यहींको सभापति बनाईने भएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्