सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले १० बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पाँच दिनका लागि भोलि शनिवार चीन उड्नु अघि प्रधानमन्त्रीले क्याबिनेट डाकेका हुन्।
आजको बैठकले नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने छ। वरिष्ठ एआईजी चन्द्रकुबेर खापुङ्ग आईजीपी बन्ने श्रोतको भनाई छ। अहिलेका आइजीपी भाद्र १८ गतेदेखि घर जाँदैछन्। त्यस्तै अन्य केही नियुक्तिका काम पनि आजै हुनेछ भने सहसचिवको सरुवा हुने पनि बुझिएको छ।