सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका ९ जना उपसचिवलाई यताउता पारिएको छ। राजश्व अनुसन्धान विभागका बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित उपसचिवको सरुवा गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्ण प्रसाद शर्मालाई राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा सरुवा गरिएको छ भने त्यहाँका उमेशराज रिमाललाई राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाईएको छ।
राजश्व अनुसन्धान कार्यालय, इटहरीका उत्तम कुमार घिमिरेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा धकेलिएको छ। त्यस्तै , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै सुवास श्रेष्ठलाई राजश्व अनुसन्धान कार्यालय, बुटवलमा खटाइँदै त्यहाँका प्रमुख विवेक घिमिरेलाई राजश्व अनुसन्धान विभागमा सरुवा गरिएको छ।
राजश्व अनुसन्धान कार्यालय, इटहरीमा राजश्व अनुसन्धान विभागका अर्जुन राईलाई खटाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका मनोज रेग्मीलाई राजश्व अनुसन्धान विभागमा लगिएको छ। विभागका नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रशासन शाखामा राखिएको छ।