सोसल मिडिया
युनिकोड
चीन र भारत सँग सीमाना जोडिएको पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङका नयाँ प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले सोमबारको साइत पारेर जिम्मेवारी सम्हालेका छन्।
संघीय राजधानीबाट सोमबारै ताप्लेजुङ्ग पुगेका सेढाईले ताप्लेजुङ्गको कमाण्ड सम्हालेका छन्। पद बहाली गरे लगत्तैदेखि सक्रिय भएका उनले सोही दिन जिल्ला सुरक्षा समितिको बैठक डाकेर निर्देशन दिएका छन्। त्यसको भोलिपल्ट हिजो मंगलबार पत्रकार डाकेर एकसरो आफ्ना कुरा सुनाई सकेका छन्।
आशन र भाषणमा समय खेर नफाल्न र सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित गर्न जनप्रतिनिधिलाई सुझाव दिएका नयाँ सिडिओले दाँयाबाँया गर्नेलाई कानूनी दायरामा ल्याएरै छोड्ने बताएका छन्।
कानूनको बर्खिलाप नगरी बाँकी सबै विषयमा सहजीकरण गरिने बताएका सेढाई मिहिन ढंगले प्रशासन बुझेका काविल अधिकारी हुन्। बारा जिल्लाको सहायक सिडिओ भएर नमूना काम गरिसकेका उनी जति मिजासिला छन् कानून कार्यान्वयन गर्ने मामिलामा त्यो भन्दा जादा कठोर पनि हुन्छन। स्थानीय तह राम्रो सँग बुझेका उनले विकासे अड्डाको हाकिम भएर पनि काम गरिसकेका छन्।
एक सय ५० वटा कानून कार्यान्वयनका सन्दर्भमा प्रजिअको भूमिका महत्वपूर्ण हुने सुनाएका उनी पहिलो पटक सिडिओ भएका हुन्।