राष्ट्रपति र प्रधानमन्त्रीको जिल्ला हाँकेका छविले सम्हाले काठमाडौको कमाण्ड

सोमबार, भदौ ९, २०८२

गृह मन्त्रालयबाट काठमाण्डौको सिडिओमा सरुवा भएका सहसचिव छवि रिजालले सोमबारको साईत जुराएर कमाण्ड सम्हालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पदबहाली गरे सँगै रिजालले काठमाण्डौ हाँक्न थालेका छन् ।

पदबहालीसँगै उनले कार्यालयका कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र गुनासो रहित बनाउन निर्देशन दिएका छन्। साथै, कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन र कार्यालयलाई सूचना प्रविधिमैत्री बनाएर नागरिक सेवासँग आवद्ध गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँ हुँदै प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा सिडिओ चलाइसकेका रिजाल काविल प्रशासकका रुपमा परिचित छन् ।

सुर्खेतमा एक बर्ष सिडिओ चलाएका रिजालले एक नम्बर रोज्जाको जिल्ला काठमाडौको कमाण्ड सम्हाल्ने अबसर पाएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्