वाग्मती सभ्यताको अध्यक्षमा पूर्व सांसद कुँइकेल पक्का

आइतबार, भदौ ८, २०८२

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकाश समितिको अध्यक्षमा पूर्व सांसद दीपक कुईकेल नियुक्त हुने भएका छन्।

काठमाण्डौ क्षेत्र नम्वर २ बाट दोस्रो संविधान सभामा कांग्रेसबाट निर्वाचित भएका कुँइकेललाई भोलि सोमवार बस्ने क्याविनेटले नियुक्त गर्ने भएको छ ।

राज्यमन्त्री वा सो सरहको पदीय जिम्मेवारी तोकिने अध्यक्षमा कुँइकेल सहित पंकजकुमार दास र मोहनराज जोशी छोटो सूचीमा समावेश भएका छन्। शहरी विकाश मन्त्रालय मातहतको समितिको अध्यक्षका लागि आवेदन माग गरिएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्