प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने कि नपर्ने ? अदालतले फैसला सुनाउने

शुक्रबार, भदौ ६, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आजको लागि पेसी तोकिएको छ । 

अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।  जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो । 

केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्