सोसल मिडिया
युनिकोड
बुधबारदेखि अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) पनि आराम गर्ने भएका छन्। उनलाई चिकित्सकले आज पनि आराम गर्न सुझाव दिएका छन्। चिकित्सकको सल्लाह मानेर आज पनि ओलीले कुनै चलमल गर्ने छैनन्।
प्रधानमन्त्री अत्यावश्यकबाहेक भेटघाटमा सहभागी नहुने उनको सचिवालयले बताएको छ।
बुधबार प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो। तर एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा निजी चिकित्सकबाट उपचार गराइरहेका छन्।