लिपुलेक नाका हुँदै सीमा व्यापार गर्न चीन र भारतको सम्झौता, ओली बिरामी

बुधबार, भदौ ४, २०८२

भारत र चीनबीच लिपुलेक नाका हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । 

नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार नेपाललाई ‘बाइपास’ गरेर फेरि लिपुलेक नाका प्रयोग गर्नेबारे सहमति भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच चिनियाँ विदेशमन्त्रीको दुई दिने भ्रमणमा यो सहमति भएको हो । वाङ यी काे भ्रमणपछि भारत सरकारले विज्ञप्ति जारी गर्दै १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरेकाे छ ।

जसमा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत सीमानापार व्यापार पुनः सुरु गर्न सहमत भएका छन् ।’

लिपुलेक नेपाली भूभाग हो । यसको उत्तरतर्फ चीनको तिब्बत छ । लिपुलेकभन्दा करिब १७ किलोमिटर पश्चिम लिम्पियाधुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय विन्दु मान्दै आएको छ । तर, तर नेपाललाई बेवास्ता गर्दै भारत–चीनले लिपुलेकबाट व्यापारको लागि द्धिपक्षीय सम्झौता गरेका छन् ।

नेपाललाई थाहै नदिई सम्झौता भएको हो । यता, प्रधानमन्त्री केपी ओली भने अस्वस्थ्य भएका कारण बालुवाटारमै आराम गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्