साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा, नेपाल र भारतको भिडन्त

बुधबार, भदौ ४, २०८२

साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालले पहिलो खेल भारतसँग खेल्दैछ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ ।

नेपाली टोलीकी कप्तान भूमिका बृढाथोकी रहेकी छन् । १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन् ।

डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्नेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्