सोसल मिडिया
युनिकोड
अध्यागन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारीले सक्रियता बढाएका छन् ।
वैदेशिक यात्रा गर्ने नेपालीहरुलाई लक्षित गरी आगमन र प्रस्थानलाई सहज बनाउन उनले सरोकारवाला निकायका मूलीलाई साक्षी राखेर कडिकडाउ गर्ने र सुधार गरेरै देखाउने एजेण्डामा सहमत गराएका छन् ।
अध्यागमन विभागमा महानिर्देशकको अध्यक्षतामा आज विहिबार बसेको सर्वपक्षीय बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेवा प्रदान गर्ने निकाय अध्यागमन कार्यालय, नेपाल प्रहरी, सिआईवी, सशस्त्र प्रहरी बल, नेपाल, अनुसन्धान विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, ग्राउण्ड ह्याण्डलिंगको अधिकार पाएको नेपाल वायु सेवा निगम र त्रि अ वि बाट अन्तराष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीका प्रतिनिधिहरुले उक्त बैठकमा सहभागिता जनाएका थिए ।
विमानस्थलमा हाल देखिएका विकृति पूर्ण नियन्त्रण गर्ने, सो अनुसार सबैले सेवा प्रवाहमा सुधार गर्ने कसम खाएको बैठकमा सहभागी एक सदस्यले बताए ।
त्यस्तै, विमान कम्पनीहरुबाट हाल हुँदै आएको ५ देखि १ प्रतिशतसम्म गर्ने गरिएको टिकट Overbooking हटाउने निर्णय भएको छ भने अव शंकास्पद कागजात पेश गरी प्रस्थान गर्न खोज्ने यात्रुलाइ अफलोड गरी नेपाल प्रहरीमा अनुसन्धानका लागि पठाउने निर्णय समेत भएको छ । कम्तीमा १ घण्टा अगावै सबै यात्रुहरुको चेक ईन गराइ अध्यागमन डेस्कमा प्रस्थान गर्ने र त्यसपछि उक्त उडानका लागी चेक इन कार्य बन्द गर्न सहमति जुटेको छ । ग्राउण्ड ह्याण्डलिंगको अधिकार पाएको नेपाल वायु सेवा निगमले Service Level Agreement अनुसार उत्तरदायी भूमिका निर्वाह गर्ने विषय पनि बैठकको निर्णय बनेको छ ।
हाल विदेश प्रस्थान गर्ने यात्रुहरुको कागजात पेश गर्न नसक्दाका बखत अध्यागमनले मात्र प्रस्थान अनुमति दिन नसक्नुको कारण उल्लेख गरी सम्बन्धित यात्रुलाइ पत्र दिने गरेकोमा अब विमान कम्पनीहरुले बोर्डिंग पास उपलब्ध गराउन नसक्ने अवस्था भएमा सोको कारण खुलाई यात्रुलाइ लिखित रुपमा जानकारी दिने निर्णयलाई नयाँ व्यवस्थाका रुपमा परिभाषित गराईएको छ ।
बैठकमा सहभागी साझेदार निकायका सवैले निर्णय कार्यान्वयनमा प्रतिवद्ध भएर लाग्ने प्रण समेत गरेका छन् ।
भिजिट भिषा प्रकरणले जेलिएको अध्यागमन विभागलाई चुस्त दुरुस्त, प्रभावकारी र विश्वासिलो बनाउने मामिलामा तिवारीमा हुटहुटी देखिएको छ ।