सोसल मिडिया
युनिकोड
प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख एवं एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने भएको छ ।
बुधबार (साउन २८) गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई यता बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ ।
गएको शुक्रबार (साउन २३) राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । त्यसमा सुरक्षा समन्वयमा कमजोरी देखिएकाले सीडीओ र एसपी दुवैलाई तान्नुपर्ने अवस्था आएको गृह स्रोतको भनाइ छ ।
कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘‘बुधबार सीडीओ साबको गृह सरुवा भएको छ । हामीले एसपीलाई पनि आजभोलि फिर्ता बोलाउने तयारी गरेका छौँ ।’’
बुधबार नै गृहले कैलालीको सीडीओमा दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई खटाएको छ । दाङमा अर्को सीडीओ पठाउने तयारी छ ।