कर्मचारीलाई दोष लगाएर रामहरि खतिवडाले दिए राजीनामा

मंगलबार, साउन २७, २०८२

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति विधेयकलाई संसद्बाट पारित गर्ने क्रममा स्थायी सरकार मानिने कर्मचारीमाथि धेरै विश्वास गर्नु आफ्नो कमजोरी रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभामा कुलिङ अफ पिरियडमा भएको बदमासीबारे आफ्नो धारणाा राख्दै अन्तिमतिर ध्यान कम दिनु कमजोरी रहेको समेत उल्लेख गरे। ‘अन्तिममा जसरी अध्ययन हुनुपर्दथ्यो, त्यसमा ध्यान नपुगेको म पनि स्वीकार गर्छु,’ खतिवडाले भने, ‘स्थायी सरकार कर्मचारीप्रति विश्वास गर्नु मेरो पनि कमजोरी रह्यो।’
 
‘आशंकायुक्त दृष्टिले नहेर्नु मेरो पनि कमजोरी रह्यो,’ उनले थपे।

यद्यपि समितिमा भने आफूबाट त्यस्तो कुनै कमजोरी नभएको दाबी गरे। ‘मबाट त्यस्तो त्रुटिको कल्पना पनि हुन सक्दैन र भएको छैन भन्ने पनि संसदलाई विश्वास लाउन चाहान्छु,’ खतिवडाले भने।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्