सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच श्रेष्ठ निवास हात्तीवनमा सोमबार बिहान भेटवार्ता भएको यादवको सचिवालयले जनाएको छ । उनीहरूबीच समसामयीक राजनीतिक घटनाक्रमकाे बारेमा कुराकानी भएकाे बताइएकाे छ ।
नेता श्रेष्ठले केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । उनले यसअघि नेकपा एकीकृत समाजवादी पार्टी (एस)का सम्मानित नेता झलनाथ खनाललाई भेटेका थिए ।
उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एसका महासचिव घनश्याम भुसालसँग पनि भेटवार्ता गरिसकेका छन् । उनले प्रचण्ड माथि दबाब बढाउन देउसी भैलो खेलेको माओवादीका एक नेताले बताएका छन्। श्रेष्ठले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भेटेको विषयले प्रचण्डको पारो तातेको थियो।