सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका दुई नेताबीच श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता भएको हो । उनीहरु बीचको भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ । यादव पनि हात्तीवन मै बस्दै आएका छन्।
लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने र समृद्ध नेपालमार्फत् समाजवादको दिशामा अघि बढ्नुपर्ने विषयमा पनि विचार विमर्श भएको बताइएको छ ।