सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्र बानियाँको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आफ्ना सदस्यहरुलाई बानियाँले कुख्यमन्त्रीमा विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थिति हुन, तटस्थ नबस्न र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ ।
बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरु श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् ।
बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन् ।