एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज साउदी अरेबियासँग भिड्दै

शुक्रबार, साउन २३, २०८२

एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज (शुक्रबार) साउदी अरेबियासँग भिड्दै छ।  भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाली महिला टोली पहिलो जितको खोजीमा छ।  उता पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो अन्तरले पराजित साउदी पनि पहिलो जितको खोजीमा हुनेछ।

नेपालले आजको खेलमा बराबरी वा हार को नतिजा आए नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिनेछ। त्यसैले नेपालले आजको खेलमा साउदीमा फराकिलो जित हासिल गर्ने रणनीतिमा मैदान उत्रनेछ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्