कालीबाबा सँगै खुर्सानी हवन गरेका रामहरिलाई कुलिङ काण्डको काँजो

मंगलबार, साउन २०, २०८२

कुलिङ्ग पिरियड काण्ड केलाउन बनाइएको संसदीय विशेष छानविन समितिले रात बिरात लगाएर राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा लाई कसुरदार ठान्नै पर्ने निचोड निकालेको छ ।

सो समितिले दुई किस्तागरी पाएको २८ दिनको म्याद गुजारेर सभापति खतिवडा र सचिव सुरज दुरालाई कारबाही सिफारिसको छुरा चलाउने ठाउँमा पुगेको हो ।

मुख्य सचिव सहितको सचिव सम्मिलित देउसी भैलो टोलीलाई कानुन बमोजिम हुने गरि कारवाही गर्न समितिले सिफारिश गरेको छ ।

निजामती विधेयकमा घुसेको कुलिङ पिरियड काण्डमा निर्दोष रहेको भन्दै साविती बयान दिएका खतिवडामाथि समितिले डण्डा बर्साएको हो।

ओखलढुगाबाट निर्वाचित खतिवडाले ओखलढुंगामै जन्मिएका  कालीबाबै संगै पशुपतिमा जारी महायज्ञमा खुर्सानी हवन गरेपनि उनी कुलिङ काण्डमा दोषी करार भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्