उच्च अदालतले दुर्गा प्रसाईलाई रिहा गर्न दियो आदेश

सोमबार, साउन १९, २०८२

राजावादी आन्दोलनमा दुई जनाको ज्यान जानेगरी उग्रता मच्चाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

जिल्ला अदालत काठमाण्डौले उनलाई पुर्पक्षमा पठाउने आदेश गरेको थियो । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उच्च अदालत, पाटनकै न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले भने उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्