सोसल मिडिया
युनिकोड
तुर्कमेनिस्तान उड्नु अघि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकको एजेण्डा भने सार्वजानिक गरिएको छैन् ।
प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो ।
बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।
उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
केही सहसचिवको सरुवा र केही नियुक्ति सम्बन्धी निर्णय हुने वुझिएको छ ।