रेशम चौधरीलाई थुनाउने महिमानसिंहको पक्षमा उच्च अदालत, जिलाको आदेश सदर

बिहीबार, साउन १५, २०८२

उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बिहीबार जिल्लाकाे आदेश सदर गरेको हो । 

उनलाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा छोड्ने आदेश गरेको थियो । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेको पाइएपछि विष्ट पक्राउ परेका थिए । उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए । तर, पछि पत्र नै अनधिकृत रहेको पुष्टि भएपछि चौधरी सोही दिन रिहा भएका थिए ।‍

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्