मन्त्री फेर्न प्रधानमन्त्री ओलीले थाले गृहकार्य, देउवा डाकेर फुके कान

बिहीबार, साउन १५, २०८२

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानेखुसी गर्न थालेका छन् ।  

खीर खाने दिनको छेको पारेर बालुवाटारमा नेताद्वयबीच भेटवार्ताको चाँजो पाँचो मिलेको हो। 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा देउवासँग छलफल हुने सचिवालयले जनाएको छ ।

सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्