सोसल मिडिया
युनिकोड
राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी तीर्थराज चिलुवाललाई दिइएको छ । उनले बुधबार नै पदबहाली गरेका छन् । आन्तरिक राजस्व विभागको उपमहाप्रबन्धक रहेका चिलुवाललाई मन्त्रिपरिषद्को साउन १२ गतेको बैठकले राजस्व अनुसन्धान विभगको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
उनले अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वाणिज्य विभागको महानिर्देशक र मकवानपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन् । चिलुवाल राजस्वका क्याडर हुन् ।
तत्कालीन महानिर्देशक चण्डिका घिमिरे अवकाशमा गएपछि कायममुकायम महानिर्देशकको जिम्मेवारी कृष्णकुमारी श्रेष्ठले पाएकी थिइन् ।