कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

बुधबार, साउन १४, २०८२

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

संसदीय दलको नेता निर्वाचनमा २२ मतका साथ बानियाँले मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई हराएका हुन्।

बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। लामाले जम्मा १४ मत ल्याए। १ मत बदर भएको छ। 

मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दलको नेताको हैसियत गुमाएका थिए।

पाँचजना मन्त्री राजीनामा दिएर बानियाँको पक्षमा आएका थिए।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्