सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत क्रियाशील राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव तीर्थराज चिलुवाल नियुक्त हुने भएका छन्। उनलाई राजस्वको तालाचाबी जिम्मा लगाउने तयारी पूरा भएको छ। आन्तरिक राजस्व विभागको उपमहानिर्देशकका रुपमा कार्यरत उनलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ। अर्थमन्त्रालय मातहतको अड्डा बाट थुतेर प्रधानमन्त्री कार्यालय ल्याईएका तीर्थले चालु सातामै विभाग हाँक्ने गरि हरिहरभवन पुग्ने साईत नै जुराई सकिएको छ।
प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा सिडिओ चलाईसकेका नुवाकोटे उदय राना मगरले पनि त्यहाँ पुग्न मनग्गे रहर गरेकै थिए। प्रधानमन्त्रीका राजनीतिक सल्लहाकार विष्णु रिमाल मार्फत लाईन मिलाउन खोजेपछि फल नलागेको श्रोतको भनाई छ। रिमाल पनि नुवाकोटकै हुन्। त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले पनि झापाली साईनो केलाएर त्यहाँ पुग्ने गोरेटो खनेका थिए। तर, आँखा लगाउन मात्र पाए पुग्ने चाँजोपाँजो मिलाउन सकेनन्। फलत लमजुङ्गका तीर्थराज चिलुवालले त्यहाँ पुग्ने अवसर पाउने भएका हुन्। ओली सरकारका प्रवक्ता लमजुङ्गे संचार मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रालयका सहसचिव कोषहरि निरौलाले पनि रहर गरेका भने थिए।
मकवानपुरको सिडिओ चलाईसकेका तीर्थलाई त्यहाँ सम्म पुर्याउन फड्के हाल्ने काम भने अर्थमन्त्रालय आसपास बाटै भएको श्रोतको भनाई छ। अतिरिक्त आशक्तिमा नरमाउने चिलुवाल उक्त विभागका निम्ति उपर्युक्त पात्र भएको भनिएको छ। राजस्वकै क्याडर भएकाले पनि चिलुवाल सो अड्डाका लागि खास्साका हाकिम भएको ठहर समेत गरिएको छ।