सोसल मिडिया
युनिकोड
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
मंगलबार संसदीय दलको बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री लामाको पक्षमा कुल ३७ मतमध्ये १५ मत परेको हो । अविश्वासको पक्षमा २२ मत परेको पूर्वमन्त्री तथा सांसद मिनकृष्ण महर्जनले जानकारी दिए ।
यसअघि बागमती प्रदेश सभापति इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदले मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको पक्षमा भने इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ उभिएका थिए ।
मुख्यमन्त्री लामाको पक्षमा भने लामासहित कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी उभिएका थिए ।