माधव र प्रचण्ड किन दिनहुँ खानेखुसी गर्छन् ? निजामती र  शिक्षा विधेयकमा चासो

मंगलबार, साउन १३, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सोमबार पनि भेटवार्ता भएको छ । यी दुई नेताहरूबिच आइतबार पनि भेटवार्ता भएको थियो । आज मंगलबार पनि नेताहरुको सामुहिक भेट हुँदैछ। 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको जनाइएको छ । छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक आज मङ्गलवार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको हो ।  पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्