सोसल मिडिया
युनिकोड
रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले सोमबार दुवै जिल्लाका सिडिओ सरुवा गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयले रुपन्देहीमा टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारी बनाएको छ भने त्यहाँका बासु घिमिरेलाई मन्त्रालय तानेको छ।
त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा बन्धु बास्तोलालाई पठाएको छ। त्यहाँका सिडिओ किरण थापालाई पनि मन्त्रालयमा तानिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।