सोसल मिडिया
युनिकोड
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट नियुक्त चार मन्त्रीले राजीनामा दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन्।
उनीहरुले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताएका छन्।
अब त्यहाँ कांगसकै इन्द्र वानियाँ मुख्यमन्त्री बन्ने भएका छन। दलको नेता परिवर्तन गर्न मन्त्रीहरुको राजीनामा आएको हो।