विद्यालय शिक्षा विधेयक थन्क्याएर शिक्षामन्त्रीको अरू कुरामै चासो

बिहीबार, साउन ८, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । विद्यालय शिक्षा विधेयक थन्क्याएर शिक्षामन्त्रीले उक्त विधेयक प्रस्तुत गर्ने भएका हुन्। 
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्