प्रचण्डले आफू संगै सिंगौरी खेल्न थालेको भन्दै जनार्दनलाई यसरी दिए जवाफ

बुधबार, साउन ७, २०८२

पार्टी भित्र उपमहासचिव जनार्दन शर्माले आफू संगै सिंगौरी खेल्न थालेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सक्दो मलजल गरेको सुनाएका छन्। 

साउन ७ गते काठमाडौँमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा उनले शर्मालाई काखी च्यापेको भन्दै छेड समेत हानेका छन्। 

भिन्न मतलाई दमन गर्ने कमजोरी आफ्नो नभएको भन्दै उनले पार्टी छोडेर गएका कुनै पनि नेतालाई आफूले कारबाही नगरेको जिकिर गरे।
‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदार भने मेरो कमजोरी हो,’ प्रचण्डले भने, ‘मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो। मैले कसैलाई कारबाही गरिनँ।’

उनले थपे ‘अहिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ,’ प्रचण्डले भने, ‘उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु। सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु। डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडेँ मैले। यो भन्दा बढी गर्ने के हो जनवाद?’
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्