नायब महान्यायाधिवक्ता घिमिरेले किन दिए राजीनामा ? यस्तो छ कारण 

बुधबार, साउन ७, २०८२

नायब महान्यायाधिवक्ता डाक्टर टेकबहादुर घिमिरेले अवकाश हुनुअगावै राजीनामा दिएका छन्। 

उनले साउन २ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन्। उक्त राजीनामालाई साउन ४ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ। विशिष्ठ श्रेणी सचिवको पदबाट अवकाश पाउनु अघि राजीनामा दिंदा मासिक केही हजार पेन्सन बढ्छ। 

प्रशासकीय अदालतको अध्यक्ष ताकेका घिमिरेले पेन्सन बढाउने प्रायोजनले राजीनामा दिएको बुझिएको छ। राजीनामापछिको ग्रेड बढोत्तरी हुँदा मासिक पाँचहजार हाराहारीमा बढी पेन्सन प्राप्त हुन्छ। घिमिरे महान्यायाधिवक्ता कार्यालयबाट शुक्रबार नै बिदा भइसकेका छन्।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्