विद्यालय शिक्षा विधेयक थन्क्याएर समिति अर्कै काममा, तीन समिति सक्रिय 

मंगलबार, साउन ६, २०८२

प्रतिनिधिसभा मातहतका तीनवटा समितिको बैठक आजै बस्दैछ। 

कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ। कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ। सो समितिमा लगातार यही विधेयकमाथि छलफल भइरहेको छ। विद्यालय शिक्षा विधेयक थन्क्याएर समिति अर्को काममा सक्रिय बनेको छ। 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्