निजामती विधेयकमा दुई बीसमा तीन ज्यादा सांसदको संशोधन प्रस्ताव

आइतबार, साउन ४, २०८२

राष्ट्रियसभामा पुगेको संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो ।

प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा विराचाधीन छ ।

संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको थियो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका  थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएको थियो । सत्ता पक्ष र विपक्ष दुवै दल विधेयकमा चलखेल भएको निष्कर्षमा पुगेपछि छानविन समिति गठन गरिएको हो ।

कुलिङ पिरियडमाथि गडबडी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

छानबिन समितिले समिति सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल सहित प्रधानमन्त्री कार्यालयका कानून सचिव फणीन्द्र गौतमले बयान दिएका छन्।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्