‘कुलिङ अफ पिरियड’ काण्डमा मन्त्री, मुख्यसचिव र सचिवको केरकार, को-को बके ? 

आइतबार, साउन ४, २०८२

संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छलछाम निफन्ने अख्तियारी पाएको संसदीय विशेष समितिले आफ्नो काम कारवाहीलाई तीब्र बनाएको छ। 

सोहि अन्तर्गत आज समितिले उच्चपदस्थ व्यक्तिहरूसँग धमाधम बयान लिएको छ। समितिले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कानुन सचिव फणीन्द्र गौतमसँग सोधपुछ गरेको छ। गौतम पछि मुख्यसचिव एकनारायण अर्यालको बयान हुनेछ। संयोग कस्तो भने गौतम र अर्याल एकै महिना मङ्सिरमा घर जाँदैछन्। 

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई समितिले आजै दिउँसाे ३ बजे बकाउने छ। यसअघि समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग तीन घण्टा भन्दा बढी समय बयान लिएकाे थियाे ।

यद्यपि, संसद सचिवालयका महासचिव पदम पाण्डेसँग भने आज बयान नहुने भएकाे छ । पाण्डेले आजका लागि समय नदिएपछि उनकाे बयान साेमबार गर्ने तयारी गरिएकाे छ । 

सरकारले ‘कुलिङ अफ पिरियड’मा भएकाे ताेडमाेडकाे अनुसन्धानका लागि नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारकाे नेतृत्वमा समिति गठन गरेकाे छ । परियार उपसचिव सीता परियारका श्रीमान् समेत हुन्। 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्