सोसल मिडिया
युनिकोड
अनेक शंका र आशंकाको अड्कल काट्ने सुविधा प्राप्त भएकै बेला नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेट हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमाआजै दिउँसो ३ बजे दुई जना बीच भेट हुने तारतम्य मिलाईएको छ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए। सोहि सुझाब अन्तर्गत दुई नेता बीच भेट हुने भएको हो।
बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने 'म्यान्डेट' अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्।
ओलीले भण्डारीको नाडी छामेपछी मात्र पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगो लगाउने संकेत गरेका छन्।