मेयरमा पराजित भगवतीलाई ओलीले किस्तीमै राखेर दिए मन्त्री

मंगलबार, असार ३१, २०८२

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् ।

यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए ।

न्याैपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । 3-31__मनतरपरषद-गठन_Scan_20250715-scaled_OkyuLmTd7O-1752580966.jpg

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्