राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले महासचिवका भित्रियाले पाए नियुक्ति

सोमबार, असार ३०, २०८२

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो।

एमाले महासचिव शंकर पोखरेलका भित्रिया भनेर चिनिएका शर्मालाई ओली सरकारले किस्तीमै राखेर अध्यक्ष पद शमालाई सुम्पिएको हो। भूमि मन्त्रालयका पूर्व सचिव अर्जुन पोखरेलले भने रमिता हेर्नुपरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्