प्रचण्डको सम्बोधन छल्न ओली कमलादी जाने, त्यहींबाट प्रचण्डलाई दुत्कार्ने 

सोमबार, असार ३०, २०८२

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। तर, उनको सम्बोधन छल्न प्रधानमन्त्री केपी ओली नेपाल प्रज्ञा प्रतिष्ठानमा त्रिवि शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने भएका छन्। दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सामन्यतयाः प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेतालाई संसदको प्रमुख दुई व्यक्तिको रूपमा लिइन्छ । जसका कारण यीमध्ये एक व्यक्तिले सम्बोधन गर्दा अर्को व्यक्ति उपस्थित हुनुलाई अनिवार्य जस्तै मानिन्छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो मान्यता भत्काएका छन् । अघिल्लो पटक प्रचण्डले संबोधन गर्दा पनि ओली प्रतिनिधिसभामा उपस्थित थिएनन् । र, आज प्रचण्डले सम्बोधन गर्दा पनि उनी सदनमा नझुल्किने भएका हुन्। 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्