विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन आजैलाई डाकियो बैठक

सोमबार, असार ३०, २०८२

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। आजै  ११ बजे बस्ने गरि समितिका सभापति अम्मर थापाले बैठक डाकेका छन्। 

विधेयकमा शिक्षकहरूको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन लगायतका विषयहरूमा अझै सहमति जुट्न सकेको छैन। असार २२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विवादित बुँदाहरूमा सहमति जुटाउन ५ दिनको समय दिएका थिए। 

यसअघि, गत वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति गरेको थियो। महासंघले साउन २ गते सम्ममा विधेयक पारित नगरे तुफानी आन्दोलन चलाउने घोषणा गर्ने भएको छ। 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्