पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकलाई यसरी अल्ल्याईयो 

शुक्रबार, असार २७, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर छाडेको छ। शुक्रबार बिहान पक्राउ परेका पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको हो।

अबदेखि पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने, आफ्नो फेसबुकमा पोष्टहरू नगर्ने र गरिएका पोस्टहरू डिलेट गर्ने कागज गराएर उनलाई छाडिएको प्रहरी स्रोतले जानकारी दियो।

उनलाई शुक्रबार बेलुका करिब पौने ८ बजेतिर मात्रै छाडिएको थियो।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्