सोसल मिडिया
युनिकोड
गुठी संस्थान केन्द्रीय कार्यालयले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो ।
संस्थानले आज गरेको विज्ञापनमा उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग गरेको छ।
गुठी संस्थानले कम कर्मचारी भए पनि सेवा प्रवाह भने गर्दै आएको छ। संस्थानका प्रशासक शैलेश राज कुँवरको सक्रियतामा आवश्यक कर्मचारीको पदपुर्ती गरेर संस्थानलाई थप चलाएमान बनाईने भएको हो।