विश्वकप खेल्न जाने टोलीलाई राष्ट्रपतिले दिए हौसला

शनिबार, वैशाख २२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकप प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय टीमका खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा हुन लागेको आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई राष्ट्रपति पौडेलले सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्