रुख र चारतारे झण्डा बोक्नेलाई तगारो हाल्न गगन पक्ष बहादुर भवन जाने

शुक्रबार, मंसिर ११, २०८३

चुनाव चिह्न रुख र पार्टीको चारतारे झण्डा देउवा समूहलाई प्रयोग गर्न नदिन नेपाली कांग्रेसले निर्वाचन आयोगमा निवेदन दिने भएको छ । पार्टीको झण्डा र चुनाव चिह्नको दुरुपयोग गर्न नमिल्ने भन्दै कांग्रेसले आयोगमा निवेदन दिने तयारी गरेको हो । 

यसबारे सानेपामा बसेको केन्द्रीय समिति बैठकबाटै निर्णय भएको बताइएको छ । हाल देउवा समूहले आधिकारिक कांग्रेस आफूहरू रहेको दाबी गर्दै चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग गरी महाधिवेशनको गतिविधि गरिरहेको छ ।

२१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने देउवा समूहको तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  २१:०२
प्रतिक्रिया दिनुहोस्