गृहमन्त्रीलाई बिहेको चटारो, राज्य व्यवस्था समितिले गृह सचिवलाई मात्र पठायो निम्तो

शुक्रबार, मंसिर ११, २०८३

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयका सचिवलाई समिति बैठकमा आमन्त्रण गरेको छ । गृहमन्त्रीलाई नबोलाएर गृहसचिवलाई बैठकमा डाकिएको हो ।

समितिका सचिव विशाल सापकोटाले शुक्रबार गृह सचिव केदारनाथ शर्मालाई बैठकमा उपस्थित हुन पत्र पठाएका हुन् । बैठक आगामी मङ्गलबार बिहान ११ः०० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ । 

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरू अन्तर्गत ‘शान्ति सुरक्षा र अपराध नियन्त्रण’ तथा ‘कारागार व्यवस्थापन’ का विषयमा छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ । गृह मन्त्री सुधन गुरुङ आफ्नै बिहेको चटारोमा रहेको जानकारी पाएपछि सचिवलाई डाकिएको श्रोतको भनाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्