बाग्मतीका मुख्यमन्त्रीलाई शैलुङको आलु उपहार

मंगलबार, मंसिर ८, २०८३

दोलखा जिल्लाको शैलुङ देशकै नमूना पर्यटकीय क्षेत्र मध्येको एउटा अनुपम प्रकृतिको निधि हो । अचेल शैलुङमा आन्तरिक पर्यटनको चहलपहल तीब्र हुन थालेको छ । चलचित्र छ्याङ्कन सहित पर्यटन क्षेत्रमा चर्चित बनेको शैलुङ आलुका लागि झन् चर्चित छ ।

शैलुङको आलुलाई मुडेको आलु भनेर भ्रम फैलाएर बेच्नेको कमी छैन । मुडेमा भने आलु खेती नै हुँदैन ।दोलखाको शैलुङ गाउँपालिकामा करिब १,४०० हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ । त्यहाँको आलुको ब्रान्डिङ र बजारीकरणमा शैलुङ - ८ का वडाध्यक्ष धनबहादुर तामाङले ध्यान लगाईरहेका छन् ।

वडाध्यक्ष तामाङले वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई शैलुङको स्वादिलो र पोषिलो आलु थमाएका छन् ।

शैलुङको पर्यटकीय प्रचारलाई शैलुङमै जन्मिएका समाजसेवी शोभित उप्रेतीले गर्दै आएका छन् । यातायात सहितका पूर्वाधारका काममा उप्रेतीले योगदान गरेकै कारण शैलुङ र शैलुङको आलुको महत्व थप बढ्न सकेको तामाङले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्