भारतको अयोध्याबाट नेपालको जनकपुरसम्मको सिधा रेल सेवाको बालेन र मोदीले गरे उद्घाटन

सोमबार, मंसिर ७, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्याबाट नेपालको जनकपुरसम्मको सिधा रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

दुईदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री वालेन र मोदीले आज सो रेल सेवाको उद्घाटन गरेका हुन् । 

प्रधानमन्त्री वालेन र उनका भारतीय सकमक्षी मोदीबीच द्विपक्षीय वार्ता भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा रेल सेवाको उद्घाटन गरिएको हो । यस्तै नेपाल र भारतबीच भएका विभिन्न सम्झौतापत्र (एमओयू) पनि आदानप्रदान भएका छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्