सुनको भाउमा गयो आज गतिलै पहिरो, तोलाको कतिमा झर्यो ?

शुक्रबार, मंसिर ४, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १२ हजार दुई सय रुपैयाँले घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्