सोसल मिडिया
सम्पर्क
युनिकोड
सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा आइपुगेको छ । लगानीकर्ता खरिदमाभन्दा बिक्रीमा लागेपछि दिनभरजसो बजार राताम्मे हुन पुग्यो ।
यस दिन लगानीकर्ताले कारोबारलाई पनि घटाएका छन् । मंगलबार चार अर्ब ३४ करोडको कारोबार गरेका लगानीकर्ताले बुधबार चार अर्ब १५ करोडको कारोबार गरेका हुन् ।
कारोबारमा आएका ३४७ कम्पनीमध्ये ७० वटाको मात्रै मूल्य बढ्दा १९९ वटाको भने घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।
यस दिन सर्वाधिक बढ्नेमा सानिमा लार्ज क्याप फन्ड छ । यसको मूल्यमा ३.२६ प्रतिशतले बढेको हो ।
यस्तै, घट्नेमा भने आज एभरेष्ट कलर अगाडि छ । यसको मूल्य ८.६३ प्रतिशतले घटेको हो ।
यस्तै कारोबारको आधारमा भने आज रिलायन्स स्पिनिङ मिल्स अगाडि छ । यो कम्पनीको लगानीकर्ताले ३२ करोडको कारोबार गरेका हुन् ।