सोसल मिडिया
सम्पर्क
युनिकोड
तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार चौथो दिन आज (बुधबार) सुनको मूल्य अरू घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ झरेको हो। हिजो मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० सय रुपैयाँमा किनबेच भएको थियो।
सोमबार सुन तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।
त्यसपछि एकैचोटि कात्तिक २७ गते १२ हजार ६ सय रुपैयाँ घटेर तोलाको २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो। त्यसयता सुनको मूल्य आजसम्म घटेको घट्यै छ।